सर्वाधिक आयकर दाखिला गरेकोमा आन्तरिक राजश्व विभागद्वारा नेपाल टेलिकम सम्मानित

  • Technology Khabar | २ मंसिर २०८१, आईतवार
सर्वाधिक आयकर दाखिला गरेकोमा आन्तरिक राजश्व विभागद्वारा नेपाल टेलिकम सम्मानित

काठमाडौं ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकोले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ।

गत मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन्। नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरेकी थिइन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सीर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ। सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।

प्रकाशित: २ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NCHL’s fifteenth AGM concludes

  • Technology Khabar
  • २ मंसिर २०८१, आईतवार
Desktop Popup ImageMobile Popup Image×