एआई चिप उत्पादनमा केन्द्रित हुन विश्वभरका ४ प्रतिशत कर्मचारी कटौती गर्दै एएमडी

  • Technology Khabar | २ मंसिर २०८१, आईतवार
एआई चिप उत्पादनमा केन्द्रित हुन विश्वभरका ४ प्रतिशत कर्मचारी कटौती गर्दै एएमडी
फाइल तस्बिर

काठमाडौं ।

एडभान्स्ड माइक्रो डिभाइसेज (एएमडी) अहिले आफ्नो विश्वव्यापी जनशक्तिको ४% (करिब १ हजार कर्मचारी) कटौती गर्दैछ। यसको कारण एनभिडियाजस्तो प्रमुख कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि कम्पनीले एआई चिप्स विकास गर्नमा ध्यान केन्द्रित गर्नु रहेको छ।

विशेष गरी जटिल डाटा सेन्टरहरूमा प्रयोग हुने चिपको बजारमा एएमडीलाई एनभिडिया को सबैभन्दा नजिकको प्रतिस्पर्धी मानिन्छ। यी डाटा सेन्टरहरूले ओपनएआईको च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई टेक्नोलोजीहरूलाई समर्थन गर्न ठूलो मात्रामा डाटा प्रशोधन गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

विश्लेषकहरूले अनुमान अनुसार एएमडीको डाटा सेन्टर युनिट सन् २०२४ मा ९८% ले वृद्धि हुनेछ, जुन कम्पनीको कुल राजस्व वृद्धि (१३%) भन्दा धेरै छ। एएमडीले एआई चिप्सको विकासमा ठूलो लगानी गरिरहेको छ जसको उच्च मूल्य छ र माइक्रोसफ्टजस्ता ठूला हाइपरस्केलरहरूबाट धेरै माग छ।

एएमडीले आफ्नो नयाँ एआई चिप MI325X को उत्पादन सन् २०२४ को चौथो त्रैमासिकमा सुरु गर्ने योजना बनाएको छ। तर एआई  चिप्सको उत्पादन विस्तार महँगो छ किनकि निर्माण क्षमता सीमित छ।

रोयटर्सले जनाए अनुसार कम्पनीको अनुसन्धान र विकास लागत तेस्रो त्रैमासिकमा लगभग ९% ले बढेको छ भने कुल बिक्री खर्च ११ % ले बढेको छ।

एएमडीका सेयरहरूले यस वर्ष अहिलेसम्म ३ % भन्दा बढीको गिरावट अनुभव गरेका छन् किनकि कम्पनीले एआई टेक्नोलोजी सम्बन्धी उच्च लगानीकर्ताको अपेक्षालाई पूरा गर्न संघर्ष गरिरहेको छ।

यसअघि वाल स्ट्रिटले एआई प्रविधि सम्बन्धी फाइदामा भरोसा राख्दै एएमडीका सेयरहरूमा दुई गुणा वृद्धि गराएको थियो।

प्रकाशित: २ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २ मंसिर २०८१, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २ मंसिर २०८१, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २ मंसिर २०८१, आईतवार