नेपाल टेलिकमले शुरु गर्यो नयाँ प्रविधिमार्फत् ग्राहक सेवा, रोबोटले ग्राहकलाई बोलेरै उत्तर दिने

  • Technology Khabar | २ मंसिर २०८१, आईतवार
नेपाल टेलिकमले शुरु गर्यो नयाँ प्रविधिमार्फत् ग्राहक सेवा, रोबोटले ग्राहकलाई बोलेरै उत्तर दिने

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले सुन्धारास्थित कार्यालयबाट नविनतम प्रविधिमार्फत ग्राहक सेवा प्रदान गर्न शुरुवात गरेको छ। रोबोटमार्फत् ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ प्रयोग थालिएको टेलिकमले जनाएको छ।

इञ्जिनियरिङका विद्यार्थीले बनाएको ‘एआई ज्याक’ नामक उक्त रोबोटले ग्राहकले सोधेका जिज्ञासाहरुको उत्तर बोलेर दिने बताइएको छ। उक्त रोबोट निर्माण गर्न नेपाल टेलिकमले नै सहयोग गरेको र हालका लागि परीक्षणका रुपमा सञ्चालनमा ल्याइएकोमा परीक्षण सकारात्मक भएमा सबै शाखा कार्यालयहरुमा राख्ने टेलिकम स्रोतको भनाई छ।

टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सेवा सुन्धारास्थित टेलिकमको कार्यालयमा आजबाट सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए।

उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउने र जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन रहेको थियो । “अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उनले भने, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ।”

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए। रोबोटले सेवाग्राहीले एनटिसीका बारेमा सोधिएका प्रश्नका जवाफ दिनेछ।

यसबाहेक कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ। प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए।

*शीर्षक र समाचार सम्पादित

प्रकाशित: २ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २ मंसिर २०८१, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २ मंसिर २०८१, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २ मंसिर २०८१, आईतवार