एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर, हरेक साता सेवाग्राहीलाई एक लाख रुपैयाँ नगद पुरस्कार

  • Technology Khabar | १७ भाद्र २०७५, आईतवार
एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर, हरेक साता सेवाग्राहीलाई एक लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं ।

काठमाडौं । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । सो योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

यो अफर भदौ १७ गते आइतबारदेखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक १०० रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् ।उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २५० रुपैयाँको रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्रमार्फत गरिने जानकारी दिईयो ।

मंगलबारका दिन साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

‘हामीसबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,’ एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

प्रकाशित: १७ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...