‘अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने’ भन्दै साढे २७ लाख ठगी गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | २६ कार्तिक २०८१, सोमबार
‘अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने’ भन्दै साढे २७ लाख ठगी गर्ने व्यक्ति पक्राऊ

काठमाडौं ।

सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै २७ लाख ६० हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

उनले भने, “पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो।”

निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए। रासस

 

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार