इरासफ्टलाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

  • Technology Khabar | २६ कार्तिक २०८१, सोमबार
इरासफ्टलाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं ।

शैक्षिक क्षेत्रसँग सम्बन्धित सेवाप्रदायक कम्पनी इरासफ्ट सोलुसन प्रालि जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। एसियन आसियान कम्प्युटिङ इन्डस्ट्रिज एसोसिएसन (एसोसिओ) को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा निजी क्षेत्र श्रेणीमा इरासफ्ट आउटस्ट्याडिङ टेक अर्गानाइजेसन अवार्ड’ बाट सम्मानित भएको हो।

त्रिभुवन विश्व विद्यालयलगायतका क्याम्पसको लेखा तथा स्टोर व्यवस्थानमा काम गरिरहेको उक्त कम्पनीले पाएको अवार्ड कम्पनीका लागि मात्र नभई राष्ट्रका लागि पनि उपलब्धिमूलक भएको कम्पनीका कार्यक्रम संयोजक तुलसीप्रसाद सिवाकोटीले जानकारी दिए।

सूचना प्रविधिको उच्चस्तरीय प्रयोग गरी सरकारी तथा सामुदायिक निकायलाई डिजिटल रूपान्तरणमा कम्पनीले पुऱ्याएको योगदानका लागि अवार्ड प्रदान गरिएको जनाइएको छ।

एसोसिओ एसियाका २४ राष्ट्रको सूचना प्रविधि संस्थाको अन्तर्राष्ट्रिय महासय हो। अवार्डका लागि २४ देशबाट प्रतिस्पर्धी संस्था विभिन्न विधामा मनोनीत भएका थिए।

आजको गोरखापत्रबाट

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार