सानिमा बैंकको दराजसँग “दराज ११.११” योजनाका लागि सहकार्य

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
सानिमा बैंकको दराजसँग “दराज ११.११” योजनाका लागि सहकार्य

काठमाडौं ।

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज ११.११” योजनामा विशेष छुट दिने सहकार्य भएको छ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंककाअनुसार ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु. २,५००/- सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ।

यो योजना मंसिर ७ गतेसम्म लागू हुने उल्लेख छ।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार