चीनद्वारा ‘रिमोट सेन्सिङ’ भूउपग्रहहरूको प्रक्षेपण

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
चीनद्वारा ‘रिमोट सेन्सिङ’ भूउपग्रहहरूको प्रक्षेपण

काठमाडौं ।

चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ भूउपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ।

पाइसेट–२ का चारओटा भूउपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए।

तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट–सेन्सिङ डाटा सेवाहरू प्रदान गर्नेछन्।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४ औं उडान अभियान थियो।

मार्च सन् २०२३ मा, चीनले पाइसेट–१ सहित चारओटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार