Technology Khabar १५ कार्तिक २०८१, बिहीबार
काठमाडौं ।
गत अप्रिलमा एम४ समावेश भएको म्याकबुक, आईम्याक र म्याक स्टुडियोको लन्च टाइमलाइनको अफवाहबारे रिपोर्ट गरिएको थियो। साथै सन् २०२४ को अन्त्यमा डेब्यू हुने अपेक्षा गरिएको थियो भने एप्पलले एप्पल इन्टेलिजेन्स र एम४ प्रोसेसर समावेश गरी नयाँ आईम्याक चुपचाप जारी गरेको हुनाले उक्त अफवाहमा रहेको लन्च टाइमलाइनको अनुमान सही भएको उल्लेख गरिएको छ।
नयाँ एप्पल आईम्याकः यसले के प्रस्ताव गर्छ?
क्युपर्टिनो आधारित जायन्टले भर्खरै आफ्नो एम४ चिपसेटको साथ नयाँ आईम्याक घोषणा गरेको छ। यो प्रोसेसर एआईको लागि समर्थनका साथ बनाइएको र यसले दैनिक कार्यमा १.७× छिटो पर्फमेन्स ल्याएको र गेमिङ वा फोटो सम्पादन जस्ता अधिक तीव्र कार्यभारहरूको लागि २.१× सम्म पर्फमेन्स गर्ने उल्लेख गरिएको छ।
त्यसैले यो पछिल्लो आईम्याक जेनरेशन भन्दा धेरै छिटो भएको उल्लेख गरिएको छ जुन एप्पल एम१ का साथ लन्च गरिएको छ। साथै चिपलाई ३२ जीबी सम्मको र्यामसँग पेयर्ड गरिएको छ।
एप्पल इन्टेलिजेन्स नयाँ आईम्याकको एक ठूलो भाग भएको उल्लेख गरिएको छ भने यसले आईम्याकमा आईफोन्स र आईप्याड्सको नयाँ एआईद्वारा सञ्चालित सुविधाहरू ल्याएको छ।
यसको मतलब, अब सिस्टमवाइफ राइटिङ टुल्स, सिरी र च्याटजीपीटी इन्टिगे्रसन जस्ता सुविधाहरूको अपेक्षा गर्न सकिने थप उल्लेख गरिएको छ। यो सुविधा हाल म्याकओएस सेक्विया १५.१ मा उपलब्ध रहेको छ।
यसको अगाडि ४.५के रिजोल्युसनको साथ २४–इन्च रेटिना डिस्प्ले रहेको छ। स्क्रिनले अप्सनल नानो–टेक्स्चर्ड ग्लास र अल्ट्रा–स्लिम डिजाइन प्रदान गर्दछ। साथै त्यहाँ डेस्क भ्यूको साथ १२–मेगापिक्सेलको सेन्टर–स्टेज क्यामरा पनि रहेको छ जुन फेसटाइम कलहरूको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।
एप्पलको नयाँ एम४ आईम्याक्स ६ वटा स्पिकर अडियो सेटअप र ३ वटा हाई फिडेलिटी माइक्रोफोनहरूसँग सुसज्जित रहेको उल्लेख गरिएको छ। त्यसैगरी कनेक्टिभिटि अप्सन्स (जडान विकल्पहरू) मा चार वटा थन्डरबोल्ट पोर्टहरू, यूएसबी–सी, वाईफाई ६ई, ब्लुटुथ ५.३, र सुरक्षाका लागि टच आईडी समावेश गरिएका छन्।
नयाँ एप्पल आईम्याकको मूल्य निर्धारण, उपलब्धता र रङ्गहरू
एप्पलको नयाँ एम४ आईम्याक अरेञ्ज, पिंक, बैजनी, सिल्भर, ब्लू, यल्लो र ग्रिन जस्ता धेरै उज्यालो रङ विकल्पहरूमा आउने उल्लेख गरिएको छ। त्यसैगरी यसको वैकल्पिक म्याजिक ट्र्याकप्याडसँग मिल्दो म्याजिक किबोर्ड र म्याजिक माउस पनि प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।
आईम्याकको प्रारम्भिक मूल्य १३४,९०० भारतीय रुपैयाँ कायम गरिएको छ भने सन् २०२४ को अक्टोबर २९ तारिखदेखि ब्रान्डको आधिकारिक वेबसाइटबाट प्रि–अर्डरहरू लाइभ हुँदैछन्। यद्यपि, यो नोभेम्बर ८ तारिखदेखि खरीदको लागि उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार