चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | ८ कार्तिक २०८१, बिहीबार
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ भूउपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ।

याओगन–४३ ०३ समूहका भूउपग्रहहरूलाई बिहान ९ः०९ बजे (बेइजिङ समय) दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको र पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको थियो।

तिनीहरू मुख्यतया कम–कक्षा तारामण्डलहरूका लागि नयाँ प्रविधिहरूमा परीक्षणहरूको लागि प्रयोग गरिनेछ। यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५४२ औँ उडान अभियान थियो। रासस/सिन्ह्वा

प्रकाशित: ८ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...