ताजा समाचार

स्न्यापड्रागन ८ एलिटले ८ वर्षसम्मको एण्ड्रोइड अपडेट सपोर्ट गर्ने

स्न्यापड्रागन ८ एलिटले ८ वर्षसम्मको एण्ड्रोइड अपडेट सपोर्ट गर्ने
Global IME Bank

क्वालकमले धेरै हप्तासम्मको अफवाह र लीक पछि स्न्यापड्रागन ८ एलिटको घोषणा गरेको छ। यो घोषणापछि स्मार्टफोन ब्रान्डहरूले आफ्नो आगामी स्न्यापड्रागन ८ एलिट सञ्चालित स्मार्टफोनको शुभारम्भको बारेमा समाचार दिन थालेका छन्।

यो केवल एण्ड्रोइडका लागि सबैभन्दा छिटो चिपमध्ये एकमात्र नभई यसले लामो समयसम्म ओएस अपडेटहरूलाई पनि समर्थन गर्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।

चिप निर्माताले सीपीयू, जीपीयू र एआई प्रदर्शनमा प्रभावशाली सुधारका साथ स्न्यापड्रागन ८ एलिटलाई प्रस्तुत गरेको हो। यति मात्र नभई स्न्यापड्रागन ८ एलिट ले ८ वर्षको एण्ड्रोइड ओएस अपडेटहरूलाई समर्थन गर्ने क्वालकमका वरिष्ठ उपाध्यक्ष तथा महाप्रबन्धक क्रिस्टोफर प्याट्रिकले घोषणा गरे।

यो ब्रान्डले निर्माताहरूलाई सफ्टवेयर समर्थन विस्तार गर्ने नयाँ तरिकाहरू निर्माण गरिरहेको छ। यसैले क्वालकम र स्मार्टफोन निर्माताहरू मिलेर अन्तिम प्रयोगकर्ताहरूलाई लामो सफ्टवेयर समर्थन प्रदान गर्न सक्नेछन्।

धेरै मानिसहरू नयाँ सफ्टवेयर सुविधाहरूको लागि हरेक वर्ष अपडेट गर्दैनन्। यसैले धेरै प्रमुख विशेषताहरू अब सफ्टवेयर मात्र या एआईमा आधारित नयाँ स्न्यापड्राग प्लेटफर्म उत्कृष्ट रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ। क्वालकमले ब्रान्डहरूलाई लामो सफ्टवेयर समर्थन प्रदान गर्न मद्दत गर्नको लागि ढाँचा र हार्डवेयर समर्थन पनि निर्माण गर्दैछ।

Sajilo Visa
easy care