ताजा समाचार

बागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा आयोजना गर्दै

बागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा आयोजना गर्दै
फाइल/एआई तस्बिर
Global IME Bank

बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा आयोजना गर्ने भएको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गरी नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सहभागिता जनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम कार्यान्वयन प्रयोजनका लागि सम्बन्धित उद्यमीहरूले जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयहरूमा “नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २००१ को अनुसूची २ बमोजिमको निवेदनको ढाँचामा दश दिनभित्र प्रस्ताव पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

यस विषयमा थप जानकारीका लागि मन्त्रालयको वेबसाइट moicla.bagamati.gov.np अथवा जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयहरूमा सम्पर्क राख्न पनि अनुरोध गरिएको छ।

Sajilo Visa
easy care