आर्टिफिसियल इन्टेलिजेन्स

जेनेरेटिभ एआईको प्रतिस्पर्धाबीच आईबीएमले सार्वजनिक गर्यो व्यवसायका लागि आवश्यक एआई मोडेल

जेनेरेटिभ एआईको प्रतिस्पर्धाबीच आईबीएमले सार्वजनिक गर्यो व्यवसायका लागि आवश्यक एआई मोडेल
Global IME Bank

आईबीएमले सोमबार आफ्नो व्यवसायलाई लक्षित गर्दै नयाँ संस्करणको कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ। यी मोडेलहरू विशेषगरी व्यवसायहरूले जेनरेटिभ एआई प्रविधि अपनाउन थालेपछि आएको वृद्धि लक्षित गर्दै बनाइएका हुन्।

“ग्रानाइट ३.०” मोडेलहरूलाई आईबीएमको अन्य ग्रानाइट परिवारका मोडेलहरूजस्तै खुला-स्रोतमा उपलब्ध गराइनेछ रोयटर्सले जनाएको छ। यो तरिका माइक्रोसफ्टजस्ता प्रतिस्पर्धीहरूभन्दा फरक छ, जसले आफ्ना मोडेलहरूको पहुँचको लागि ग्राहकहरूबाट शुल्क लिन्छन्।

आईबीएमले ग्राहकहरूको डाटा सेन्टरमा अनुकूलित मोडेल चलाउन मद्दत गर्ने भुक्तानी सेवा वाट्सनक्स पनि प्रदान गर्छ। सोमबारदेखि ग्रानाइटका केही भेरियन्टहरू वाणिज्यिक प्रयोगको लागि वॉटसनक्स प्लेटफर्ममा उपलब्ध छन्। यसका केही मोडेलहरू एनभिडियाको एआई मोडेलहरू समावेश गर्न सहयोग गर्ने सफ्टवेयर उपकरणहरूको स्ट्याकमा पनि उपलब्ध हुनेछन्।

नयाँ ग्रानाइट मोडेलहरू एनभिडियाको एच१०० ग्राफिक्स प्रोसेसर युनिट्स (जीपीयू) प्रयोग गरेर तालिम दिइएका आईबीएमका अनुसन्धान निर्देशक डारियो गिलले बताए।

Sajilo Visa
easy care