सूचना तथा प्रशारण विभागले पत्रकारिताका विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

  • Technology Khabar | ५ कार्तिक २०८१, सोमबार
सूचना तथा प्रशारण विभागले पत्रकारिताका विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन
File Photo

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारिता विषय लिई स्नातक तहमा अध्ययनरत १४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

सूचना तथा प्रशारण विभागले एक सूचना प्रकाशित गरी पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

‘पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यविधि, २०७४” (संशोधन) को अनुसूची (१) बमोजिमको ढाँचामा विभागमा निवेदन दिन आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ।

निवेदनसाथ संलग्न गर्नुपर्ने कागजपत्रहरू यसप्रकार छन्:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरेको लब्धाङ्कपत्रको प्रतिलिपि
  • सम्बन्धित क्याम्पसले पत्रकारिता विषय लिई स्नातक तह अध्ययनरत रहेको भनी प्रमाणित गरेको सिफारिस-पत्र। (उक्त पत्रमा स्नातक तह कुन वर्षको विद्यार्थी हो सो खुलेको हुनुपर्नेछ। स्नातक तह अन्तिम वर्षमा अध्ययनरत भए अध्ययन अवधि कम्तीमा ६ (छ) महिना बाँकी रहेको भनी खुलेको हुनुपर्नेछ

सिफारिस-पत्रः

  • बुँदा नं. २ मा उल्लेखित (ग), (घ), (ङ), (च), (छ) र (ज) समूहमा निवेदन दिने विद्यार्थीहरूले उक्त समूह प्रमाणित हुने कागजात/सिफारिस पत्र।
  • पासपोर्ट साइजको फोटो

निवेदन दिने विद्यार्थीहरूमध्ये खुला ५ जना, महिला ३ जना, दलितः १ जना , आदिवासी/जनजातिः १ जना, मधेशी १ जना, मुस्लिम १ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्र १ जना गरी १४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ।

गुगल फर्मका लागि स्क्यान गर्नुपर्ने क्यूआर कोड

सूचनामा उल्लेख भए अनुसार निवेदन गुगल फर्म्समार्फत दिनु पर्नेछ। दिइएको क्यूआर कोड स्क्यान गरेर अथवा https://forms. gle/GEN9qXwmRriPZypz5 मार्फत फारम भर्न सकिने जनाइएको छ। यसबाहेक पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यविधि, २०७४ (संशोधन) अनुसुची (१) बमोजिमको निवेदनको ढाँचा तथा सूचनाको विस्तृत विवरण विभागको वेबसाइट www.doib.gov.np बाट प्राप्त गर्न सकिने उल्लेख छ।

*हेडलाइन सच्याईएको।

प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...