टीएसमएमसीले अमेरिकी सरकारलाई भन्यो- हामी कानून पालना गर्ने कम्पनी हौं

  • Technology Khabar | ३ कार्तिक २०८१, शनिबार
टीएसमएमसीले अमेरिकी सरकारलाई भन्यो- हामी कानून पालना गर्ने कम्पनी हौं

काठमाडौं ।

ताइवानी चिप निर्माता टीएसएमसीले शुक्रबार आफूहरु कानून पालना गर्ने कम्पनी भएको र निर्यात नियन्त्रणलगायत कानुन र नियमहरूको पालन गर्न प्रतिबद्ध रहेको बताएको छ। यो प्रतिक्रिया अमेरिकी सरकारले चीनको ह्वावेसँगको टीएसएमसीको कारोबारको अनुसन्धान गरिरहेको भन्ने एक मिडिया रिपोर्टपछि आएको हो।

“यदि कुनै पनि सम्भावित समस्या भएको विश्वास गर्ने कारण छ भने, हामी शीघ्र कदम चाल्नेछौं ताकि नियमको पालना सुनिश्चित गर्न सकियोस्, जसमा अनुसन्धान गर्नु र आवश्यक भएमा ग्राहकहरू र नियामक निकायहरूसँग सक्रिय रूपमा संवाद गर्नसमेत समावेश छ,” कम्पनीले इमेल मार्फत दिएको एक वक्तव्यमा भनेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...