भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद

  • Technology Khabar | ३० आश्विन २०८१, बुधबार
भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद
सांकेतिक तस्बिर

काठमाडौं ।

पर्सामा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोबाइल एसेसरिज, मोटरपार्टस् तथा कस्मेटिक’ सामग्री रहेका छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीले सवारी साधनसहित भन्सार छलेर भित्र्याइएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।

गत असोज २३ गते पनि प्रहरीले  भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो। रासस

प्रकाशित: ३० आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...