मेटाले मोल्डोभामा रूसी भाषीहरूलाई लक्षित गर्दै बनाइएको ग्रुप र एकाउन्टहरु किन हटायो?

  • Technology Khabar | २६ आश्विन २०८१, शनिबार
मेटाले मोल्डोभामा रूसी भाषीहरूलाई लक्षित गर्दै बनाइएको ग्रुप र एकाउन्टहरु किन हटायो?
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

मेटा प्लेटफर्मले मोल्डोभामा रूसी भाषीहरूलाई लक्षित गर्दै बनाइएको समूह खाताहरूको एउटा नेटवर्क हटाएको शुक्रबार घोषणा गरेको छ। मोल्डोभाको अक्टोबर २० को चुनावअघि, यस नेटवर्कले कम्पनीको नक्कली खातासम्बन्धी नीतिको उल्लङ्घन गरेको कारणले यो कदम उठाएको हो।

करिब २.५ मिलियन जनसंख्या भएको देश मोल्डोभा रोमानिया र युक्रेनको बीचमा अवस्थित छ जहाँ रोमानियन बोल्ने बहुमत र ठूलो संख्यामा रूसी बोल्ने अल्पसंख्यक छन्।

यो महिनाको राष्ट्रपति चुनावमा प्रो-वेस्टर्न राष्ट्रपति माया सान्डु दोस्रो कार्यकालको लागि उम्मेदवार छन् र यसै अवसरमा देशले युरोपेली संघमा सामेल हुनका लागि जनमत संग्रह पनि गर्दैछ।

मेटाका अनुसार नक्कली खाताहरूले राष्ट्रपति सान्डु, प्रो-यूरोपेली राजनेता, र मोल्डोभा र रोमानियाबीचको निकट सम्बन्धको आलोचना गरेका थिए, साथै मोल्डोभामा प्रो-रुसिया दलहरूलाई समर्थन जनाएका रोयटर्सले उल्लेख गरेको छ।

यस अभियानमा करिब एक दर्जन रूसी भाषाका नक्कली समाचार ब्रान्डहरू संलग्न थिए, जसले आफूलाई स्वतन्त्र संस्थाहरूको रूपमा प्रस्तुत गरिरहेका थिए। यी नक्कली ब्रान्डहरू फेसबुक,इन्स्टाग्राम, टेलिग्राम, ओके डट आरयू र टिकटकजस्ता विभिन्न इन्टरनेट सेवाहरूमा सक्रिय थिए।

मेटाले भनेअनुसार उसले ७ वटा फेसबुक खाता, २३ पेज, एउटा ग्रुप र २० वटा इन्स्टाग्राम खाता हटाएको छ, जुन सबैले कम्पनीको “समन्वित अप्रमाणिक व्यवहार नीति” उल्लङ्घन गरेका थिए।

करिब ४,२०० खाताहरूले ती २३ पेजहरू मध्ये कुनै एकलाई फलो गरेका थिए, र करिब ३३५,००० खाताहरूले ती इन्स्टाग्राम खाताहरूलाई फलो गरेका थिए। नक्कली खाताहरूका अधिकांश फलोअरहरू मोल्डोभाबाहिरका र उनीहरुले तिनीहरूलाई बढी लोकप्रिय देखाउन मद्दत पुर्‍याएको मेटाले जनाएको छ।

रोयटर्मोका अनुसार मोल्डोभा सरकारले आफ्नो देशको मामिलामा रूसको लगातार हस्तक्षेपको निन्दा गर्दै आएको छ भने मस्कोले राष्ट्रपति सान्डु र उनको टोलीलाई “रुसोफोबिया” फैलाएको आरोप लगाएको छ।

प्रकाशित: २६ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार