सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल, ‘मेरो सिटिजन्स बचत खाता’ योजना शुरु

  • Technology Khabar | १ भाद्र २०७५, शुक्रबार
सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल, ‘मेरो सिटिजन्स बचत खाता’ योजना शुरु

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि ज्ञानेन्द्र मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिक रूपमा घोषणा गरे ।

नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

बैंकले आरम्भदेखि नै वार्षिक रूपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालन गर्दै आएको छ । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उप कप्तान मल्लले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने बताए ।

यसैबिच सिटिजन्स बैंक इन्टरनेसनले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता“ ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारी र ब्रान्ड एम्बेसडर मल्लले संयुक्त रूपमा “मेरो सिटिजन्स बचत खाता” योजना सार्वजनिक गरे ।
न्यूनतम मौज्दात १०० रुपैयाँमा खाता खोल्न मिल्ने “मेरो सिटिजन्स बचत खाता” मा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिंग सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवा जस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध रहेको बैंकले जानकारी दियो ।

दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।

प्रकाशित: १ भाद्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell Foundation announces Ncell SEE Scholarships to 100 SEE graduates

  • Technology Khabar
  • १ भाद्र २०७५, शुक्रबार