ताजा समाचार

काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली नहुँदा आंशिक सञ्चार सम्पर्कविच्छेद

काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली नहुँदा आंशिक सञ्चार सम्पर्कविच्छेद
Global IME Bank

यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ। वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन्।

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताए।

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन् । रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ। दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ। गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताए। रासस

Sajilo Visa
easy care