ताजा समाचार

राष्ट्रिय आविष्कार केन्द्रद्वारा शक्तिशाली ड्रोनको निर्माण र सफल परीक्षण

राष्ट्रिय आविष्कार केन्द्रद्वारा शक्तिशाली ड्रोनको निर्माण र सफल परीक्षण
Global IME Bank

राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन निर्माण टोलीका स्वदेशी र विदेशी वैज्ञानिकहरुले शक्तिशाली ड्रोन बनाएर परीक्षण उडान सम्पन्न गरेका छन्।

केन्द्रका प्रमुख महावीर पुनले हालै आफ्नो एक्स एकाउन्टमा एउटा भिडियोसहितको पोस्ट राख्दै ड्रोन निर्माण टोली र ड्रोनको विशेषताबारे प्रस्ट्याएका छन्।

‘राष्ट्रिय आविष्कार केन्द्रमा ९ जना इन्जिनियरहरुको एउटा बलियो ड्रोन टीम छ । त्यस बाहेक अमेरिकाको एमआईटी र नेदरल्याण्डको टीयू डेल्फ विश्वविद्यालयका विद्यार्थीहरुले पनि सो टिमसँग काम गरिरहेका छन्’, उनले पोस्टमा उल्लेख गरेका छन्।

पुनका अनुसार उनीहरुले हालसम्म विभिन्न किसिमका धेरै ड्रोनहरु बनाएर विभिन्न जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यसको विभिन्न किसिमका क्षमताहरुको सयौं परीक्षणहरु गरिरहेका छन् र सो काममा निकैनै सफलता प्राप्त गरेका छन्।

उनीहरुले बनाएको लामो दुरीको स्वचालित VTOL Fixed Wing Drone ले अहिलेसम्म करिब ३० किलोमिटरसम्म उडेर सफलतापूर्वक उडेकै ठाउँमा फर्कन सकेका पुनले उल्लेख गरेका छन्।

यसबाहेक उनीहरुले २५ किलोग्राम सम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेका बताइएको छ। ति ड्रोनहरु बनाउनको लागि चाहिने पार्टपुर्जाहरु विदेशबाट आविष्कार केन्द्रले ल्याई दिने र ड्रोनहरुको सम्पूर्ण डिजाईन र जडान उनीहरु आफैंले गर्ने पनि प्रस्ट्याइएको छ।

ड्रोनको उडानसम्बन्धी विवरण

ड्रोनहरु सामान्य हिसाबले फोटोग्राफी भिडियोग्राफी तथा खेल र मनोरञ्जनमा बढी प्रयोग हुँदै आएको तथ्यलाई मध्यनजर गर्दै प्रमुख पुनले आफ्नो टोलीले बनाएका ड्रोनहरु रिमोटले चलाउने खेलौना नभई विशेष उपयोगिता र मानवहितका लागि भएको यसरी प्रस्ट्याएका छन्।

खाँडादेवी गाउँपालिकाको कार्यालय अगाडि गरिएको परीक्षण उडान

‘ती ड्रोनहरु रिमोटले चलाउने खेलौना ड्रोनहरु होइनन्। ती ड्रोनहरुलाई स्वचालित रुपमा निश्चित बाटोमा उडाउने र निश्चित ठाउँ सम्म पुर्याएर उडेकै ठाउँसम्म ल्याउन चाहिने सफ्टवेरहरु पनि  बनाएका छन्।’

पुनले ‘अबको एक दुइ वर्षपछि नेपालमा पनि राम्रै र उपयोगी ड्रोनहरु बन्ने प्रक्षेपण गर्दै यो हाँसो र ठट्टा गर्ने विषय नभएकोमा पनि विशेष जोड दिएका छन्।

Sajilo Visa
easy care