संयुक्त राष्ट्रसङ्घद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु

  • Technology Khabar | २२ आश्विन २०८१, मंगलवार
संयुक्त राष्ट्रसङ्घद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु

काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरू र साझेदारहरूले सोमबार केन्यामा युवा, महिला र अपाङ्गता भएका व्यक्तिलगायत कमजोर समूहहरूलाई लक्षित गर्दै डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्न पहल सुरु गरेका छन्।

छत्तिस महिनाको अवधिमा लागु गरिने डिजिटल प्लेटफर्म केन्या (डिजिकेन) पहलको उद्देश्य देशको सामाजिक–आर्थिक विकासमा योगदान दिनसक्ने घरेलु डिजिटल प्लेटफर्महरूको विकासलाई प्रोत्साहन गर्ने रहेको वरिष्ठ अधिकारीहरूले बताएका छन्।

केन्याको सूचना, सञ्चार र डिजिटल अर्थतन्त्र मन्त्रालयका क्याबिनेट सचिव मार्गरेट एनडुङ्गुले भनिन, “डिजिकेनले डिजिटल अर्थतन्त्रमा प्रयोग नगरिएका अवसरहरू अनलक गर्ने र सबैलाई सामाजिक–आर्थिक रूपान्तरणमा समावेश गर्न केन्याको भिजन २०३० सँग पङ्क्तिबद्ध गर्नेछ।”

उनका अनुसार केन्या यस क्षेत्रमा अतुलनीय डिजिटल अर्थतन्त्रको हब बनेको छ। यहाँ एक करोड पाँच लाख सक्रिय सोशल मिडिया प्रयोगकर्ता र १२ लाख डिजिटल कार्यकर्ता छन् ।

केन्यामा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक स्टिफन ज्याक्सनले नवाचारलाई बढावा दिनुका साथै अनौपचारिक बस्ती र ग्रामीण क्षेत्रका बासिन्दालगायत सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउने डिजिटल उपकरणहरूमा पहुँच विस्तार गर्ने कुरा उल्लेख गरे।

उनले भने, “यस पहलले एक सय ५० स्थानीय स्टार्टअपलाई फन्डिङ्ग डिजिटल व्यवसायहरू निर्माण गर्न आवश्यक कोष, प्राविधिक विशेषज्ञता र बजार जडानहरू पहुँच गर्न मद्दत गर्नेछ । यसले २० हजारभन्दा बढी निजामती कर्मचारीलाई क्षमता निर्माण गर्न सहयोग गर्नेछ ।”

डिजिकेन पहलअन्तर्गत डिजिटल साक्षरता र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता उदीयमान प्रविधिहरूको दिगो प्रयोगलाई प्रवर्द्धन गर्न देशभर १५ डिजिटल इनोभेसन हबहरू स्थापना गरिनेछ। रासस/सिन्ह्वा

प्रकाशित: २२ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...