सिटिजन्स बैंक इन्टरनेसनलको ७९ औं शाखा काठमाडौंको टोखामा

  • Technology Khabar | २९ श्रावण २०७५, मंगलवार
सिटिजन्स बैंक इन्टरनेसनलको ७९ औं शाखा काठमाडौंको टोखामा

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । साउन २९ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे ।

नयाँ शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता टोखा शाखाका प्रवन्धक योगेश महर्जनले व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार