स्मार्टवाचको आयात घट्दो, गत वर्षको तुलनामा ५७ प्रतिशतले घट्यो

  • Technology Khabar | १२ आश्विन २०८१, शनिबार
स्मार्टवाचको आयात घट्दो, गत वर्षको तुलनामा ५७ प्रतिशतले घट्यो

काठमाडौं ।

नेपालमा भदौ महिनाभरीमा ७ करोडभन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को भदौ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा ७ करोड २० लाख ४१ हजार बराबरको २९ हजार ६९१ थान स्मार्टवाच आयात भएको छ। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधि अर्थात भदौ महिनाभरी ५ करोड ८ लाख ४१ हजार बराबरको ६९ हजार १०६ थान स्मार्टवाच आयात भएको थियो।

यो आँकडालाई हेर्दा गत वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो महिनामा स्मार्टवाचको आयात सङ्ख्या ५७ प्रतिशतले घटेको छ। तर स्मार्टवाचका लागि बाहिरिने रकम भने बढेको छ।

सङ्ख्याका हिसाबले हेर्दा गत आवको भदौ महिनाको तुलनामा यो आवको भदौ महिनामा नेपालमा स्मार्टवाचको आयात ३९ हजार ४१५ थानले घटेको छ।

चालु आर्थिक वर्षको भदौ महिनामा स्मार्टवाचका लागि ७ करोड २० लाख ४१ हजार देशबाहिर गएको छ भने सरकारले २ करोड १६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना नेपालमा १७ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ। गत आवको सोही अवधिमा १७ मुलुकबाट स्मार्टवाच आयात भएको थियो।

यस वर्षको आयात विवरणअनुसार सबैभन्दा धेरै २५ हजार ७४२ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ३ करोड ९६ लाख ८५ हजार रुपैयाँ रहेको छ।

यसैगरी भियतनामबाट २ करोड ६३ लाख ४० हजार बराबरको ८७४ थान र भारतबाट ५५ लाख ६२ हजार बराबरको भारतबाट २ हजार ९७२ थान स्मार्टवाच भित्रिएको छ।

सूची यसप्रकार छ:

क्रं संदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया७४
चीन२५, ७४२३९६८५
जर्मनी४४७३
हङकङ२७
भारत२, ९७२५५६२
दक्षिण कोरिया९०
मलेसिया
माल्दिभ्स
नर्वे२४
१०सिंगापुर
११श्रीलंका
१२थाइल्याण्ड
१३यूएई३११०८
१४बेलायत
१५अमेरिका४४
१६भानुआटु
१७भियतनाम८७४२६३४०

प्रकाशित: १२ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार