चीनद्वारा सफलतापूर्वक छ नयाँ भूउपग्रह प्रक्षेपण

Technology Khabar ५ आश्विन २०८१, शनिबार

चीनद्वारा सफलतापूर्वक छ नयाँ भूउपग्रह प्रक्षेपण
तस्वीर: सिन्ह्वा।

काठमाडौं ।

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ भूउपग्रह अन्तरिक्षमा पठाएको छ।

उक्त भूउपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ। भूउपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यी भूउपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन्।

यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट तस्विरहरू प्रदान गर्नेछ। यो प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५३६ औं उडान मिसनको प्रतीक हो। रासस/क्यूएनए

प्रकाशित: ५ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया