Technology Khabar ५ आश्विन २०८१, शनिबार
काठमाडौं ।
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ। हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठुलो हुने कम्पनीले जनाएको छ।
बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन, “हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ। यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं। यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ।”
बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ। ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८१, शनिबार