Technology Khabar २ आश्विन २०८१, बुधबार
काठमाडौं ।
युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडबाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ।
युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको कम्पनीले जनाएको छ। असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यो मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्ने बताइएको छ।
माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन्। मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नेछन्।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड, स्मार्टवाच, एनालग वाच, चाँदीको औंठी र रु १० हजार बराबरको सौन्दर्य प्रशाधनका साथमा धेरै गिफ्ट भाउचर/डिस्काउन्ट भाउचरहरु पनि जित्न सकिने जनाइएको छ।
यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको डिस्काउन्ट क्याशब्याक भाउचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ।
प्रकाशित: २ आश्विन २०८१, बुधबार