सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राऊ

Technology Khabar १ आश्विन २०८१, मंगलवार

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का लक्ष्मणवा भन्ने २१ वर्षे ओमकुमार पटेल रहेको प्रहरीले जनाएको छ। पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिए।

‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उनले भने, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया