Technology Khabar २ आश्विन २०८१, बुधबार
काठमाडौं ।
एप्पलले गत जुन महिनामा आफ्नो २०२४ वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा आईओएस १८ को घोषणा गरेको थियो। कम्पनीले अन्ततः आईफोन मोडेलहरूको लागि आईओएसको पछिल्लो संस्करण रोल आउट गरेको जनाइएको छ।
त्यसैगरी सेप्टेम्बर २० तारिखदेखि उपलब्ध हुने आईफोन १६ सिरिजका डिभाइसहरू आईओएस १८ को साथ प्रि–इन्स्टल्ड भएर आउने उल्लेख गरिएको छ।
आईओएस १८ को विशेष फिचर्सः
एप्पलको पछिल्लो आईओएस संस्करण धेरै एआई फिचर्स (सुविधाहरू) को साथ आएको र जसलाई सामूहिक रूपमा एप्पल इन्टेलिजेन्स भनिने उल्लेख गरिएको छ।
सिस्टम एप्सहरूमा एआई फिचर्स (सुविधाहरू) इन्टिग्रेसन को उद्देश्य भनेको प्रयोगकर्ता अनुभव वृद्धि गर्ने भएको थप उल्लेख गरिएको छ।
उदाहरणका लागि आईओएस १८ ले लेख्न, ईमेज (तस्बिर) हरू सिर्जना गर्न र सिरीसँग अन्तरक्रिया गर्ने नयाँ तरिकाहरू प्रदान गर्ने जनाइएको छ। एआई मोडेलहरूको इन्टिग्रेसनले प्रयोगकर्ताहरूलाई मेल र नोटहरू जस्ता एपहरूमा टेक्स्ट (पाठ) पुनः लेख्न गर्न, प्रूफरीड र संक्षेप गर्न सघाउने उल्लेख गरिएको छ।
त्यसैगरी ईमेज प्लेग्राउन्ड नामक एपले सिम्पल टेक्स्ट प्रम्प्टहरूमा आधारित ईमेज (तस्बिरहरू) उत्पन्न गर्न सक्ने थप उल्लेख गरिएको छ।
समाचार संस्था गीज्मोचाइनाका अनुसार एप्पल इन्टेलिजेन्सको इन्टिग्रेसनले सिरी स्मार्ट र अधिक समयसापेक्ष रूपमा सचेत भएको जनाइएको छ। यसले अब प्रयोगकर्ताको तर्फबाट आधारभूत फोटो सम्पादन र फाइलहरू व्यवस्थापन जस्ता कार्यहरू गर्न सक्ने जनाइएको छ।
एप्पलले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकतामा राखेर अन–डिभाइस प्रोसेसिङलाई प्राथमिकता दिने र कम्प्लेक्स प्रोसेसिङ (जटिल प्रक्रिया) समावेश गर्ने कार्यहरूलाई च्याटजीपीटी द्वारा ह्यान्डल गर्ने उल्लेख गरिएको छ।
गुगलको पिक्सेल र सामसङको ग्यालेक्सी फ्ल्यागशिपहरूमा यी फिचरहरु पहिले नै देखिइसकेका छन्। यो फिचर गुगल एआईद्वारा सञ्चालित रहेको जनाइएको छ। एप्पलको कार्यान्वयनले प्रतिस्पर्धा बढाउने उल्लेख गरिएको छ जुन भविष्यका विकासका लागि फाइदाजनक हुनेछ।
आईओएस १८ यी मोडलहरुमा राख्न सकिन्छ:
आईफोन १६ सिरिज (सबै मोडेलहरू)
आईफोन १५ सिरिज (सबै मोडेलहरू)
आईफोन १४ सिरिज (सबै मोडलहरू)
आईफोन १३ सिरिज (मिनी, प्रो, प्रो म्याक्स सहित)
आईफोन १२ सिरिज (मिनी, प्रो, प्रो म्याक्स सहित)
आईफोन ११ सिरिज (प्रो, प्रो म्याक्स)
आईफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर
आईफोन एसई (दोस्रो र तेस्रो पुस्ता)
यद्यपि, एप्पल इन्टेलिजेन्स केवल आईफोन १५ प्रो मोडेल र पछिका मोडेलहरूमा उपलब्ध हुनेछ भनेर महत्त्वपूर्ण रुपमा उल्लेख गरिएको छ।
आईओएस १८ का अन्य सुधारहरूः
एआई फिचर्स (सुविधाहरू) को अतिरिक्त आईओएस १८ ले एप्पसहरू र विजेटहरू पुनः व्यवस्थित गर्ने क्षमता जस्ता केही कस्टमाइजेसन फिचर्स (अनुकूलन सुविधाहरू) पनि प्रदान गर्ने भएको छ।
नयाँ कन्ट्रोल सेन्टरले प्रयोगकर्ताहरूलाई नियन्त्रणहरूको आकार परिवर्तन गर्न र विभिन्न फङ्गसन्सहरूको लागि मल्टिपल स्क्रिनहरू सिर्जना गर्न दिने थप उल्लेख गरिएको छ।
आईओएस १८ को साथ, आईफोन १४ र नयाँ मोडेलहरूले स्याटेलाइट मेसेजिङको लागि समर्थन प्राप्त गर्ने भएकाछन् जसले सेलुलर वा वाई–फाई कनेक्सन बिना टेक्स्ट कम्युनिकेशन (सञ्चार) सक्षम गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २ आश्विन २०८१, बुधबार