
काठमाडौं ।
इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन्।
यही भदौ २८ देखि सुरु भएको तेस्रो कार्यकारिणी समितिको अधिवेशनमा आज सम्पन्न निर्वाचनबाट जिसी पाँच सय ९२ मतसहित विजयी भएका हुन। उनका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत प्राप्त गरे।
निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट वामपन्थी/प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकामा लोकतान्त्रिक समूहले सबै पदमा जित हासिल गरेको हो।
यसैगरी, नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट अवित केसी छ सय छ मतसहित विजयी भए। उनका प्रत्याशी रामचन्द्र पोखरेलले चार सय ३९ मत पाए।
गण्डकी प्रदेशको उपसभापतिमा विशाल थापा छ सय ६८ मत ल्याएर विजयी हुँदा प्रत्याशी कृष्ण रिजालले तीन सय ९० मत प्राप्त गर्नुभयो । सचिवमा निरोज लामिछाने छ सय छ मत ल्याएर विजयी भए। उनका प्रत्याशी आनन्द भट्टराईले चार सय ४२ मत पाए।
सहसचिवमा मञ्जु शिलाकार पाँच सय २४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी अस्मिता खनालले पाँच सय २१ मत पाए। कोषाध्यक्षमा विश्वास आचार्य पाँच सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्याशी सोवित श्रेष्ठले चार सय ६९ मत प्राप्त गरे। रासस
प्रकाशित: २९ भाद्र २०८१, शनिबार