Technology Khabar २१ श्रावण २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आइतबारदेखि क्यूआर कोड मार्फत भुक्तानी सेवा संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक एप) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बताईएको छ ।
यसरी गर्न सकिन्छ क्यूआर कोड मार्फत भुक्तानी
१. मर्चेन्टले मोबैंक मर्चेन्ट एप बाट रिक्वेष्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यूआर कोड जेनरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरि सोहि क्यूआर कोड मा मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
२. मर्चेन्टले भुक्तानी काउण्टरमा क्यूआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन् जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
बैंकले नै यो सेवा नेपालमा पहिलो पटक शुरु गरेको दाबी गरेको छ ।
यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्टफोन उपलब्ध हुनुपर्ने र सो स्मार्टफोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग मोबैंक सेवा गुगल प्लेरएप स्टोर अथवा बैंकको वेबसाइटबाट डाउनलोड गरी प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित: २१ श्रावण २०७५, सोमबार