ताजा समाचार

नेटो तथा ईयू साइबर हमलामा रुसको जीआरयू ग्रुपको हात छ: जर्मन गुप्तचर संस्था

नेटो तथा ईयू साइबर हमलामा रुसको जीआरयू ग्रुपको हात छ: जर्मन गुप्तचर संस्था
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

जर्मन गुप्तचर एजेन्सीले रुसी सैनिक गुप्तचर (GRU) युनिट २९१५५ मा पर्ने एक साइबर समूहलाई नेटो तथा युरोपेली युनियनमा भएको साइबर आक्रमणमा हात रहेको चेतावनी दिएको छ।

सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एएटा पोस्ट राख्दै बुन्डेसफार्संग्सस्चुत्ज नामक उक्त संस्थाले UNC2589 नामक उक्त समूह विरुद्ध चेतावनी जारी गरेको बताएको छ।

यस प्रकारको चेतावनी एफबीआई, अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, एनएसए र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि दिइएको रोयटर्सले उल्लेख गरेको छ। यो चेतावनी युरोपमा रुसको आक्रमणपछि साइबर आक्रमण र जासूसहरूको आशंकामा वृद्धि भएका समयमा आएको हो।

यस वर्षको सुरुमा बर्लिनले रुसलाई जर्मनीको सत्तारुढ समाजवादीहरू साथै रसद, रक्षा, हवाई र आईटी क्षेत्रका कम्पनीहरूमा धेरै साइबर आक्रमणहरूको आरोप लगाएको थियो।

एजेन्सीको चेतावनीमा क्याडेट ब्लिजार्ड वा एम्बर बियर पनि भनिने उक्त समूहलाई जासूसी र विध्वंसका गतिविधिहरू सञ्चालन गर्ने र यसमा प्रायः वेबसाइटहरू बिगार्ने र चोरी गरिएको डाटा प्रकाशित गर्ने कार्य समावेश हुने उल्लेख छ।

यस समूहको जीआरयू युनिटलाई पूर्व रुसी डबल एजेन्ट सर्गेई स्क्रिपाल र उनकी छोरी यूलियालाई सन् २०१८ मा बेलायतमा विष खुवाएर मार्ने कार्यमा संलग्न भएको आशंका गरिएको एजेन्सीले बताएको छ।

Sajilo Visa
easy care