अमेरिकी न्याय विभागले अदालतमा उपस्थित हुन पत्र नपठाएको एनभिडियाको दाबी

  • Technology Khabar | २१ भाद्र २०८१, शुक्रबार
अमेरिकी न्याय विभागले अदालतमा उपस्थित हुन पत्र नपठाएको एनभिडियाको दाबी

काठमाडौं ।

एनभिडियाले अमेरिकी न्याय विभागबाट कुनै बोलावटको पत्र नपाएको बताएको छ। कम्पनीका एक प्रवक्ताले बुधबार दिएको बयानमा यस्तो बताएका हुन्।

“हामीले अमेरिकी न्याय विभागसँग बुझेका छौँ र हामीलाई कुनै बोलावटका लागि पत्र काटिएको छैन। तैपनि हामी हाम्रो व्यापारबारे नियामकहरूले सोध्न चाहेको कुनै पनि प्रश्नको उत्तर दिन राजी छौँ,” उनले भने।

ब्लूमबर्ग न्यूजले मंगलबार न्याय विभागले सम्भावित प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घनबारेको एउटा अनुसन्धानसँग सम्बन्धित एउटा पत्र पठाएको रिपोर्ट गरेको थियो। जसले अनुसन्धानमा वृद्धि भएको सङ्केत गर्छ। ब्लूमबर्ग न्यूजले एनभिडियाका साथै अन्य कम्पनीहरूलाई पनि पत्र पठाइएको बताएको छ।

न्याय विभागका अनुसन्धानकर्ताहरूले एनभिडियाको व्यापारिक अभ्यासहरूबारे सोधिरहेका छन्, तीमध्ये विशेष गरी हार्डवेयर बन्डलिङ अभ्यासबारे बढी सोधिएका दुई सूत्रहरूले बताएका रोयटर्सले उल्लेख गरेको छ।

यसबारेमा न्याय विभागले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। बन्डलिङका प्रश्नहरूबाहेक न्याय विभागका अधिकारीहरूले इजरायलमा आधारित रनको हालैको खरिदको पनि अध्ययन गरिरहेका छन्।

रिपोर्टअनुसार कम्पनीले रन कम्पनीलाई गत अप्रिलमा ७० करोड डलरमा खरिद गरेको रोयटर्सले लेखेको छ। अधिकारीहरूले उक्त खरिदले एआई कम्प्युटिङ बजारमा एनभिडियाको पकडलाई अझ बलियो बनाउने सम्भावनालाई पनि जाँच गरिरहेका छन्।

प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...