एन्ड्रोइड १५ बाहिरियो, हाल डेभलपरहरूका लागि मात्र उपलब्ध

Technology Khabar २१ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

पछिल्ला महिनाहरूको डेभलपरहरूको समीक्षा र पब्लिक बिटाहरूपछि बुधबार एन्ड्रोइड १५ अन्ततः पूर्ण रूपमा तयार भएको छ। यद्यपि हालको लागि यो डेभलपरहरूको लागि मात्र उपलब्ध भएको जनाइएको छ।

गुगलले एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) मा एन्ड्रोइड १५ सोर्स कोड अपलोड गरेको भए तापनि अपडेटहरू भने अझैसम्म तयार नभएको जनाइएको छ।

साथै उक्त अपडेटहरू पिक्सेलका लागि पनि तयार नभएको थप जनाइएको छ। त्यसैगरी बुधबारदेखि गुगलको स्मार्टफोनहरूको लागि रोल आउट सुरु भएको सेप्टेम्बर अपडेट अझै पनि एन्ड्रोइड १४ भएको जनाइएको छ।

एन्ड्रोइड १५ अन्ततः आउँदो हप्ताहरूमा भर्खरै लन्च गरिएको पिक्सेल ९ परिवार सहित पिक्सेलमा पनि उपलब्ध हुने गुगलले वाचा गरेको जनाइएको छ।

त्यसैगरी आउँदो महिनाहरूमा सामसङ, अनर, आईकू, लेनोभो, मोटोरोला, नथिङ, वानप्लस, ओप्पो, रियलमी, शार्प, सोनी, टेक्नो, भिभो, र शाओमी लगायतका डिभाइसहरूमा पनि यो उपलब्ध हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यद्यपि एन्ड्रोइड १५ आगामी अक्टोबर महिनादेखि मात्र पिक्सेलमा चल्ने सुन्नमा आएको छ र गुगलले पनि यसलाई स्पष्ट रूपमा केही नभनी पुष्टि गरेको देखिन्छ। यस बीचमा, डेभलपरहरूले एओएसपी कोड हेरेर यससँग जे पनि गर्न सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया