हुन्डाई एक्सचेन्ज कार्यक्रम शुरु हुँदै, डेढ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस

  • Technology Khabar | १६ श्रावण २०७५, बुधबार
हुन्डाई एक्सचेन्ज कार्यक्रम शुरु हुँदै, डेढ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस

काठमाडौं ।

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले साउन १७ गते बिहीबारदेखि देशभर हुन्डाई एक्स्चेन्ज कार्यक्रम संचालन गर्ने भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको हुन्डाई एक्स्चेन्ज क्याम्प साउन २० गते आइतबार साँझ ६ बजेसम्म संचालन हुनेछ। क्याम्पबाट ग्राहकले तुरुन्त एक्स्चेन्ज तथा भ्यालुएसन, सहज फाइनान्स तथा बीमाको सेवा, नगद छुटको सुविधा पाउने बताईएको छ।

त्यस्तै २० हजार रुपैयाँ बराबरको लोयल्टी बोनस तथा डेढ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत दिइने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार ४ वर्षको निशुल्क सर्भिस, ३ वर्षको वारेन्टी तथा टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरु दिइने छ।

टेस्ट ड्राइभ गर्नेमध्ये ४ जनालाई लक्की ड्रमार्फत ‘टेस्ट ड्राइभ एण्ड विन’ योजना अन्तर्गत कुलप्याड प्ले सिक्स स्मार्टफोन प्रदान गरिने लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रवन्धक विक्रि तथा बजार व्यवस्थापक रुपेश शर्मा भट्टले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार