प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

Technology Khabar १९ भाद्र २०८१, बुधबार

काठमाडौं ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।

जिकर, चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो। जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी भएको कम्पनीको दाबी छ।

कम्पनीकाअनुसार जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ। यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ।

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया