
काठमाडौं ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धि बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालमा आयोजित सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित: १६ श्रावण २०७५, बुधबार