भोल्भोले सेप्टेम्बरको मसान्तभित्रै ईएक्स९० एसयूभी लग्जरी कार डेलिभरी गर्ने

  • Technology Khabar | २० भाद्र २०८१, बिहीबार
भोल्भोले सेप्टेम्बरको मसान्तभित्रै ईएक्स९० एसयूभी लग्जरी कार डेलिभरी गर्ने

काठमाडौं ।

अमेरिकाको लग्जरी कार निर्माता कम्पनी भल्भोले सेप्टेम्बरको मसान्तसम्म आफ्नो ईएक्स९०एसयूभी डेलिभरी गर्ने बताएको छ।

कम्पनीले बुधबार ईएक्स९०एसयूभीको डेलिभरीमा धेरै ढिलाई भएका कारण सेप्टेम्बर सकिनुअगावै आफ्ना शुरुवाती ‍ग्राहकलाई उक्त गाडी डेलिभरी गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले यसअघि अमेरिका र युरोपमा आफ्ना फ्ल्यागशिप गाडीहरु पठाइरहेकामा अब भने यो वर्षको चौथो त्रैमासमा यो गतिलाई अझ बढाउने र बजार पनि युरोप र अमेरिकाबाहेक अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ।

यसरी बजार विस्तार तथा डेलिभरीको गति बढाउने काम आवश्यक परे सन् २०२५ को पहिलो त्रैमाससम्म पनि लम्बिन सक्ने कम्पनीले हालै एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

गत वर्षको शुरुमै डेलिभरी हुनुपर्ने यी गाडीहरु यिनिहरुमा प्रयोग गरिएको नयाँ सफ्टवेयरमा आएको गडबडीका कारण कम्पनीले यिनिहरुको उत्पादन तथा डेलिभरीलाई सारेर यहाँसम्म ल्याउनुपरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार