नेपाल टेलिकमको बिटिएस टावर निर्माण गरिने

Technology Khabar १९ भाद्र २०८१, बुधबार

नेपाल टेलिकमको बिटिएस टावर निर्माण गरिने
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँले दोलखा जिल्लाको सैलुङ गाउँपालिका–५ मा बिटिएस टावर निर्माण गर्न लागेको छ।

वडा नं. ५ का आसपासका क्षेत्रमा मोबाइल सेवाको गुणस्तर सुधार तथा प्रभावकारी वितरण र सञ्चालनका लागि यो टावर निर्माण गर्न लागिएको हो।

वडाध्यक्ष दिलकुमार तामाङका अनुसार यहाँको वीरेन्द्र माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा टावर निर्माण हुन लागेको छ । जग्गा प्रयोग गरेबापत टेलिकमले विद्यालयलाई मासिक चार हजार रुपियाँ भाडा दिने सहमति भएको छ।

विद्यालयको आम्दानी पनि हुने र मोबाइल सेवा सुधारसमेत हुने भएको छ। टावर निर्माणले यो पालिकाको वडा नं. ४, ५, ६ र ७ तथा भीमेश्वर नगरपालिका–५ का बासिन्दा लाभान्वित हुने छन्। गोरखापत्रबाट

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया