नाडा अटो शो-२०२४ सम्पन्न, हेर्नुहोस् प्रदर्शनीमा राखिएका ईलेक्ट्रिक बाइक र स्कुटरहरुको फोटो

Technology Khabar १६ भाद्र २०८१, आईतवार

काठमाडौं ।

गत हप्ताको मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२४’ आज (आइतबार) सम्पन्न भएको छ। सवारी साधनको महाकुम्भ मानिएको यस मेलामा विभिन्न कम्पनी र ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी) हरुका साथै ईलेक्ट्रिक बाइक र स्कुटरहरु प्रदर्शनीमा राखिएका थिए।

यस ६ दिने ‘नाडा अटो शो २०२४’ मा आगन्तुकहरुले विभिन्न विद्युतीय सवारी साधनहरुको स्टल अवलोकन गरेका छन्। प्रत्येक दिन आगन्तुकहरुको चाप रहेको र स्टल हेर्न आउनेहरुको सवारी साधन व्यवस्थापन गर्न पनि निकै हम्मे हम्मे परेको आयोजकको भनाई छ।

‘नाडा अटो शो २०२४’ मा टाटा, हुन्डाई, बीवाईडी, नीटा, फोटोन, एक्सपेङ, एमजी लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्। त्यसैगरी निउ, एथर, गोगोरो, एडिया लगायतका विभिन्न कम्पनीका ईलेक्ट्रिक बाइक र स्कुटरतर्फ प्रदर्शनीमा राखिएका थिए।

हेर्नुस् प्रदर्शनीमा राखिएका ईलेक्ट्रिक बाइक/स्कुटरहरुको तस्विरहरु –

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया