त्रिभुवन विश्वविद्यालयमा सफ्टवेयर प्रणाली संचालन, आर्थिक पारदर्शिता कायम राख्न उपयोगी

  • Technology Khabar | १४ श्रावण २०७५, सोमबार
त्रिभुवन विश्वविद्यालयमा सफ्टवेयर प्रणाली संचालन, आर्थिक पारदर्शिता कायम राख्न उपयोगी

काठमाडौं ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।

सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे। लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैपटक सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो ।

‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ, अब नयाँ प्रणालीअनुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ,’ रजिष्ट्रार उप्रेतीले भने ।

नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरामा राख्न सफ्टवेयर सञ्चालन उपयोगी हुने जानकारी दिए ।

लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको बताए ।

प्रकाशित: १४ श्रावण २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tigg to Host ‘Tigg Conference 2026’ on Magh 18, Focusing on the Future of Accounting and Business

  • Technology Khabar
  • १४ श्रावण २०७५, सोमबार