एलजी इनोटेक आईफोन १६ सिरिजको फोल्डेड जूमको एकमात्र शुरुवाती आपूर्तिकर्ता

  • Technology Khabar | ११ भाद्र २०८१, मंगलवार
एलजी इनोटेक आईफोन १६ सिरिजको फोल्डेड जूमको एकमात्र शुरुवाती आपूर्तिकर्ता

काठमाडौं ।

यसै वर्ष सार्वजनिक हुने एप्पलको आईफोन १६ सिरिजको शुरुवाती उत्पादनका लागि एलजी इनोटेकले आपूर्ति गरेको फोल्डेड जूम प्रयोग हुने भएको छ।

कोरियाली प्रविधि समाचार संस्था दइलेकका अनुसार उक्त सिरिजको पहिलो स्टकको उत्पादनहरुका लागि फोल्डेड जूम उपलब्ध गराउने एलजी इनोटेक एकमात्र आपूर्तिकर्ता हुनेछ।

दक्षिण कोरियाली उपकरण निर्माता एलजी इनोटेक यसअघिको आईफोन १५ को शुरुवाती स्टककमा लागि पनि फोल्डेड जूमको एकमात्र आपूर्तिकर्ता रहेको थियो। फोल्डेड जूमले फोटो खिच्दा लेन्सबाट पसेको प्रकाशलाई प्रिज्मतर्फ बङ्ग्याउँदै इमेज सेन्सरतर्फ पठाउँछ। यो पेरिस्कोप झैं काम गर्ने टेलिफोटो क्यामरा मोड्युल हो।

एप्पलले यो प्रविधि आईफोन १५ सिरिजका दुई मोडलहरुमा प्रयोग गर्ने बताइएको छ। ती दुई मोडलहरु आईफोन प्रो र प्रो म्याक्स हुन्। गत वर्ष प्रो म्याक्समा मात्र यो प्रविधि प्रयोग गरिएको थियो।

द इलेकका अनुसार एलजी इनोटेकले एप्पलले उत्पादन गर्ने पहिलो ब्याचका आईफोनहरुमा यो मोड्युल आपूर्ति गर्ने अपेक्षा गरिएको छ। यो पहिलो ब्याचमा एप्पलले यो वर्षभरी उत्पादन गर्नेमध्ये आधाभन्दा बढी आईफोनहरु हुने बुझिएको छ।

चौथो त्रैमासमा लगभग पहिलो स्टक सकिएपछि कुपरटिनोले यसका लागि फक्सकन तथा कोवेलजस्ता आफ्ना वैकल्पिक भेण्डरहरुलाई प्रयोग गर्ने बुझिएको छ। यसै क्रममा शार्पले भने यो वर्य सार्वजनिक हुने नयाँ आईफोनहरुका लागि क्यामरा मोड्युल आपूर्ति नगर्ने अपेक्षा गरिएको छ।

फोल्डेड जूम मोड्युलसँगै प्रयोग गरिने ओआईएस अप्टिकल इमेज स्टेबिलाइजर एक्चुएटर भने एलजी इनोटेकका साथमा जाव्हा इलेक्ट्रोनिक्सले उत्पादन गर्ने समाचारमा उल्लेख छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार