मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा १५ वर्षीय बालकको निधन

  • Technology Khabar | १० भाद्र २०८१, सोमबार
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा १५ वर्षीय बालकको निधन
सांकेतिक तस्विर

काठमाडौं ।

पाँचथर जिल्ला स्थित फिदिम नगरपालिका–२, पल्लोटारमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षीय बालकको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार मृत्यु हुनेमा नुवाकोट तादी गाउँपालिका घर भई हाल फिदिम–२ मा भाडामा बसोबास गर्दै आएका युवराज पाण्डे भएको खुलेको छ।

नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्री कुमार पाण्डेको १५ बर्षीय छोरा पाण्डेको कोठा भित्र रहेको विद्युतको मल्टिप्लग सर्किटमा छुँदा करेन्ट लागेको बताईएको छ।

शनिबार साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×