वेस्टर्न डिजिटलको ७० करोड डलर बराबरको लगानी थाइल्याण्डद्वारा अनुमोदन

  • Technology Khabar | ११ भाद्र २०८१, मंगलवार
वेस्टर्न डिजिटलको ७० करोड डलर बराबरको लगानी थाइल्याण्डद्वारा अनुमोदन

काठमाडौं ।

वेस्टर्न डिजिटलले हार्ड डिस्क उत्पादन विस्तारका लागि गर्न खोजेको साढे २३ डलर भाट अर्थात् लगभग ७० करोड अमेरिकी डलर बराबरको लगानी थाइल्याण्डले अनुमोदन गरेको छ।

थाइल्याण्डको लगानी बोर्ड बोर्ड अफ इन्भेस्टमेन्टले सोमबार दिएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्लाउड प्रविधि र डाटा सेन्टरको माग बढिरहेको परिप्रेक्ष्यमा थाइल्याण्डले यस प्रकारको प्रस्तावलाई अनुमोदन गरेको बुझिएको छ।

उक्त लगानीले देशमा लगभग १० हजार रोजगारी सिर्जना गरी वार्षिक २ खर्ब बराबरको निर्यात बढाएर थाइल्याण्डको अर्थतन्त्रलाई टेवा पुर्याउने देखिएको छ।

वेस्टर्न डिजिटलको थाइल्याण्डमा रहेको फ्यासिलिटीमा हाल २८ हजार जनाले रोजगारी पाइरहेका छन्। थाइल्याण्डको लगानी बोर्डका अनुसार विश्वकै ८० प्रतिशत हाराहरी हार्ड डिस्कहरु यहीँ बन्ने गर्दछन्।

यो दशकमा थाइल्याण्डले हार्ड डिस्क उद्योगमा साढे ८२ अर्ब डलर बराबरको लगानी स्विकार गरिसकेको छ। गत वर्ष हार्ड डिस्क निर्माता सिगेटले १६ अर्ब भाट बराबरको विस्तार गरेको थियो।

दक्षिण पूर्वी एसियाको दोस्रो ठूलो अर्थतन्त्र मानिने थाइल्याण्डले यो वर्षका लागि समग्रमा ८ खर्ब भाट बराबरको लगानीको प्रस्ताव आउने अपेक्षा गरेको समाचारमा उल्लेख छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ भाद्र २०८१, मंगलवार