साउन महिनामा ९० करोड रुपैयाँ हाराहारीको विद्युतीय चारपाङ्ग्रे सवारी आयात

Technology Khabar ९ भाद्र २०८१, आईतवार

काठमाडौं ।

साउन महिनाभरमा नेपालमा ९० करोड रुपैयाँ हाराहारीको ३८१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनभर नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ८९ करोड ७० लाख २१ हजार रुपैयाँ रहेको छ। उक्त परिमाणको चारपाङ्ग्रे सवारी साधान आयातबापत सरकारले यो अवधिमा  ५२ करोड १८ लाख २७ हजार रुपैयाँ भन्सार राजस्व असुल गरेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनीगरी विश्वका तीन देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म८४१६, ५८, ६४, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म७७१२, ३९, ४८, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म११५३८, ३१, ९८, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म१०१२०, ३६, ९७, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म२८, ६०, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म४६, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म५८, १२, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि४३, १७, ०००

 

प्रकाशित: ९ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया