एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण

  • Technology Khabar | ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा चिन्ता व्यक्त गरेको छ।

समाजले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि सञ्चालन गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो ।

समाजले विज्ञप्ति प्रकाशित गरी कसैको वैयक्तिक गोप्यता भङ्ग हुने, मानमर्दन हुने वा प्रतिष्ठामा धक्का पुग्ने गलत प्रचारबाजी रोक्न प्रबुद्ध वर्ग, नागरिक समाज र नियमनकारी निकायको निगरानी र सहकार्यका लागि अपिल पनि गरेको छ । रासस

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...