लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

  • Technology Khabar | ६ भाद्र २०८१, बिहीबार
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

काठमाडौं ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ। दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङकाअनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ। उनले भने “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौं।”

अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गरेका हुन्।

विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनओटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ। रासस

प्रकाशित: ६ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...