Technology Khabar ६ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
एप्पलको आईफोनको अर्को पुस्ता आधिकारिक रुपमा लन्च नगरिएसम्म तिनीहरूलाई सामान्यतया गोप्य राखिने चलन रहेको छ। यद्यपि, वेइबो (स्मार्टप्रिक्स मार्फत) मा देखा परेको भर्खरको लीकले आगामी आईफोन १६ सिरिज र आईफोन एसई ४ को बारेमा विवरणहरूको खुलासा गरेको उल्लेख छ।
यद्यपि यी लीकहरूको प्रामाणिकता अझै पनि अपुष्ट रहेको हुनाले यी विवरणहरूलाई गम्भीरताका साथ नलिनका लागि गीज्मोचाइनाले आग्रह गरेको छ।
आईफोन एसई ४
आईफोन एसई ४ को लीक भएका प्रोमो सामग्रीले उल्लेखनीय डिजाइन अपग्रेडको सुझाव दिएको जनाइएको छ। आगामी आईफोन एसई ४ मा आईफोन १४ को जस्तै ठूलो ६.१ इन्चको डिस्प्ले रहेको देखिएको र जसको माथिपट्टि रहेको नचमा फेस आईडी समावेश गरिने उल्लेख गरिएको छ।
आगामी आईफोन एसई ४ मा ए१८ बायोनिक चिपको समावेश सबैभन्दा ठूलो आश्चर्य हुन सक्ने जनाइएको छ। साथै यो चिपसेट आईफोन १६ सिरिजमा पनि समावेश गरिने अपेक्षा गरिएको छ।
यदि यो सत्य भएको खण्डमा आईफोन एसई ४ ले आकर्षक मूल्य बिन्दुमा फ्ल्यागशिप–लेभल पर्फमेन्स (स्तर प्रदर्शन) प्रदान गर्ने जनाइएको छ। साथै आगामी आईफोन एसई ४ को मूल्य लगभग ४१९९ युआन (५९९ अमेरिकी डलर) रहने लीकले संकेत गरेको उल्लेख छ।
आगामी आईफोन एसई ४ को अगाडिको डिजाइन आईफोन १४ को जस्तै हुने सम्भावनाको उल्लेख गरे तापनि लीकले फोनको पछाडिको बारेमा भने विवरणहरू उल्लेख नगरेको जनाइएको छ। यद्यपि अफवाहहरूले यस आईफोन एसई ४ ले अघिल्लो एसई मोडेलहरूमा पाइने सिङ्गल रियर क्यामरा सेटअप समावेश गर्न सक्छ भनि सुझाव दिएको जनाइएको छ।
आईफोन १६ प्रो
आईफोन १६ प्रोको बारेमा लीक भएको मार्केटिङ सामग्रीले डिजाइनको खुलासा गर्दै उक्त डिजाइन प्रायः आईफोन १५ प्रो बाट अपरिवर्तित रहेको उल्लेख गरेको छ। साथै सबैभन्दा उल्लेखनीय भिन्नता भनेको तल्लो दायाँ छेउमा थप गरिएको डेडिकेटेड क्यामरा बटन हुन सक्ने जनाइएको छ।
आईफोन १६ प्रो को हुड अन्तर्गत सञ्चालनको लागि ए१८ प्रो चिप समावेश गरिएको अफवाह रहेको छ जुन यसको पूर्ववर्तीबाट तार्किक अपग्रेड हुनेछ भनि थप उल्लेख गरिएको छ।
त्यसैगरी लीकले फोनको अल्ट्रावाइड क्यामराले “अल्ट्रा–थिन प्रिज्म रिफ्लेक्शन टेक्नोलोजी“ को साथ ४८–मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल सेन्सर फिचर गर्नेछ भनेर देखाएको जनाइएको छ।
ए१८ प्रो को न्युरल नेटवर्क इन्जिनले कथित रूपमा समर्थित टेक्नोलोजीले तस्बिर गुणस्तर सुधार गर्न सक्ने र सम्भवतः एप्पलको भिजन प्रो हेडसेटको लागि स्पेसल भिडियो जस्ता फिचर्सहरू समर्थन गर्ने थप उल्लेख गरिएको छ।
आईफोन १६ प्रो को कलर अप्सन (रङ्ग विकल्पहरू) मा ब्ल्याक (कालो), ह्वाइट (सेतो), ब्लू (निलो) र येल्लो (पहेंलो) समावेश गरिने अफवाह रहेका छन्। साथै त्यहाँ ब्रोन्ज विकल्पको भने कुनै उल्लेख नभएको हुनाले त्यसलाई प्रो म्याक्स मोडेलको लागि आरक्षित गरिएको हुन सक्ने जनाइएको छ।
आईफोन १६ लाईन सेप्टेम्बर १० तारिखमा विश्वव्यापी रूपमा लन्च हुन सक्ने अफवाह रहेको छ। अर्कोतर्फ, आईफोन एसई ४ को लन्च भने सन् २०२५ को पहिलो त्रैमासमा अपेक्षित गरिएको छ।
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार