Technology Khabar ५ भाद्र २०८१, बुधबार
काठमाडौं ।
एप्पलले सेप्टेम्बरमा दुईवटा एयरपड-४ अडियो वेयरेबलहरू लन्च गर्ने भएको छ। मार्क गुर्म्यानले ब्लूमबर्गको लागि आफ्नो साप्ताहिक पावर अन न्यूजलेटरमा यस बारे खुलासा गरेका छन।
यी दुवै केसमा यूएसबी–सी पोर्टसहितको इन–इयर टीडब्ल्यूएस इयरफोनहरू हुने र यो नन्–प्रो सिरिजको लागि पहिलो हुने थप उल्लेख गरिएको छ।
यी दुईमध्ये एउटा संस्करण बेसिक फङ्गसनालिटि अर्थात् आधारभूत फङ्शका साथ आउने र यो किफायती विकल्प हुने जनाइएको छ। यस्तै अर्को भर्सनले एक्टिभ नोइज क्यान्सिलेसन गर्ने र वायरलेस चार्जिङ पनि प्रदान गर्ने सम्भावनाको उल्लेख गरिएको छ।
भेनिला एयरपड-४ ले एप्पलको रोस्टरमा एयरपड-२ लाई प्रतिस्थापन गर्ने जनाइएको छ र एएनसी टियर भने एयरपड-३ को नयाँ भेरियन्ट हुने उल्लेख गरिएको छ।
एप्पलले दुवै मोडेलहरूलाई “डिजाइन परिवर्तनसहित तयार गरिरहेको जनाइएको छ जसले गर्दा उक्त दुई मोडेलहरू छुट्याउन सजिलो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। यद्यपि यी भिन्नताहरु के कस्ता हुन सक्छन् भन्ने थप जानकारी भने उपलब्ध नभएको जनाइएको छ।
त्यसैगरी हाल एप्पलको सबैभन्दा महँगो र प्रिमियम टीडब्ल्यूएस इयरफोनको रुपमा रहेको एयरपड-प्रो २ को लागि सफ्टवेयर अपडेटको पनि अपेक्षा गरिएको छ।
तिनीहरूले आईओएस १८ अपडेटमार्फत “हियरिङ एड मोड” प्राप्त गर्न सक्ने जनाइएको छ जसले लाइभ लिसनका साथ कन्भर्सेसन बूस्टलाई कम्बाइन (संयोजन) गर्ने सम्भावना रहेको जीएसएमएरिनाले लेखेको छ।
प्रकाशित: ५ भाद्र २०८१, बुधबार