साढे ६ करोड वर्षअघि डाइनोसरको विनाश गर्नेगरी पृथ्वीमा ठोक्किएको उल्कापिण्ड बृहस्पति ग्रहभन्दा परबाट आएको खुलासा-रिपोर्ट

Technology Khabar ४ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

करिब साढे ६ करोड वर्षअघि पृथ्वीमा रहेका डाइनोसरहरुको विनाश गर्ने उल्कापिण्ड बृहस्पति ग्रहभन्दा अझ परबाट आएको खुलासा भएको छ। उक्त विषयमा गरिएको एउटा अध्ययनको नयाँ प्रतिवेदनले यस्तो देखाएको अन्तरीक्षसम्बन्धी वेबसाइट स्पेस डटकमले उल्लेख गरेको छ।

यसबाट पृथ्वीमा ठोक्किने उल्कापिण्डहरुका बारेमा पूर्वानुमान र भविष्यवाणीका क्षेत्रमा प्रयोग भइरहेको प्रविधिलाई थप सहयोग बुझिएको छ।

यो नयाँ विवरणले पृथ्वीमा साढे ६ करोड वर्षअघि एकछत्र राज गरिरेहका विशाल शरीर भएका डाइनोसरहरुको वंश नै सखाप पार्ने उक्त उल्कापिण्डको प्रकृति तथा उद्गमका बारेमा महत्वपूर्ण तथ्य बाहिर ल्याएको छ।

धेरैजसो वैज्ञानिकहरु हालको मेक्सिकोमा १४५ किलोमिटर ब्यास भएको भयंकर खाडल स्थानीयहरुले नजिकैको चिक्सुलुब नामक समुदायको नामबाट चिन्ने गरेको पार्ने इम्प्याक्टर अर्थात् अन्तरिक्षबाट खसेको पत्थर/उल्कापिण्ड हाम्रै सौर्यमण्डलबाट आएको कुरामा सहमत छन्।

तर यसको सही उद्गम कहाँ थियो भन्ने हालसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्। यसो हुनुमा पृथ्वीको आफ्नै पदार्थहरु नमिसिएको स्पस्ट रासायनिक प्रमाण नभेटिनु रहेको बुझिएको छ।

अहिले पृथ्वीको बाहिरि भाग क्रस्टको युरोपेली क्षेत्रहरुबाट संकलन गरिएका उक्त उल्कपिण्डका अवशेषहरुमा वैज्ञानिकहरुले रुथेनियम नामक दुर्लभ रासायनिक संरचना भेटेका छन्।

उक्त रासायनिक संरचना मंगल तथा बृहस्पति ग्रहको बीचमा रहेका उल्कापिण्डहरुमा हुने रसायनहरुको संरचनाजस्तै रहेको बताइएको छ। स्पेस डटकमका अनुसार उक्त पदार्थ पृथ्वीको डाइनोसर प्रजाति नै सखाप पार्नेगरी बजारिनुअघि उक्त शहरजत्तिकै ठूलो चट्टान अवस्थित भएको मुख्य क्षेत्रको जेनेटिक फिंगरप्रिन्ट अर्थात् वंशाणुगत पदार्थ रहेको प्रतिवेदनमा उल्लेख छ।

यसबारे यो नयाँ अध्ययनको नेतृत्व गरेका जर्मनीमा रहेको कोलोन युनिभर्सिटीको भूगर्भ तथा खनिज इन्स्टिच्युटका वैज्ञानिक मारियो फिशर गोडेले लाइभ साइन्सलाई बताएका स्पेस डटकमले उल्लेख गरेको छ।

उनका अनुसार उक्त उल्कापिण्ड अन्य अन्तरिक्षका पत्थरसँग ठोक्किएर वा बाहिरी सौर्यमण्डलको प्रभावका कारण पृथ्वीतर्फ धकेलिएको हुन सक्छ। बाहिरी सौर्य मण्डलमा बृहस्पति लगायतका भयंकर ग्याँस भण्डारहरुले अन्य शान्तरुपमा बसेका उल्कापिण्डका अर्बिटलाईसमेत प्रभाव पार्नसक्ने गरी भयानक ज्वारभाटायुक्त शक्ति उत्सर्जन गरिरहेका हुन्छन्।

हाल पत्ता लागेका तथ्यहरु कुनै पनि पत्थरको नमुनामा रहेको प्रत्येक रासायनिक संरचनालाई टुक्र्याएर हावा नजाने गरी एउटा ट्युबमा राखिने नयाँ प्रविधामा आधारित भएको जनाइएको छ। यसले अनुसन्धानका क्रममा चिक्सुलुब इम्प्याक्टरमा कतिसम्म रुथेनियम छ भनेर आकलन गर्न सहयोग गर्दछ।

एक दशकअघि उक्त नयाँ प्रविधि डेभलप गरेका फिशर गोडेले भने, ‘उक्त पदार्थ पृथ्वीको द्रुतगतिमा चल्ने परिदृश्यहरु नवीकरण गर्ने भौगर्भिक गतिविधिको सामुन्नेमा अर्बौं वर्षदेखि उल्लेख्य रुपमा स्थिर भएर बसेको छ।’ गोडे विश्वमै यस प्रकारको दुर्लभ रसायनको गहन अध्ययन गर्नसक्ने थोरै वैज्ञानिकहरुमध्ये एक हुन्।

उक्त अध्ययनबाट पत्ता लागेको नतिजालाई वैज्ञानिकहरुले दक्षिण अफ्रिका, क्यानडा तथा रुसका अन्य उल्कापिण्ड खसेका ठाउँका नमुनाहरु तथा अन्तरिक्षको मुख्य उल्कापिण्ड क्षेत्रको बाहिरी भागमा मनग्य पाइने केही कार्वनयुक्त उल्कापिण्डहरुसँग दाजिरहेका छन्।

यसरी तुलना गर्दा रुथेनियमको प्रकृति तथा रासायनिक संरचना कार्बनयुक्त उल्कपिण्डको रासायनिक संरचनासँग मात्र मेल खाएको स्पेस डटकमले थप उल्लेख गरेको छ। यसबाट उक्त उल्कापिण्डको उद्गम स्थान हाम्रै सौर्यमण्डल रहेको पुष्टि भएको भन्दै अनुसन्धान टोलीले साइन्स जर्नलमा गत बिहीबार प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया