सामसङ ग्यालेक्सी एस२५ अल्ट्राको चौडाइ र स्क्रिन साइज बाहिरियो

Technology Khabar ४ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा जनवरीमा मात्र आधिकारिक हुने अपेक्षा गरिएको छ र यसको बारेमा त्यसअघि नै धेरै समाचारहरू आउन थालेका छन्।

हत्केला–बिझाउने (पाम–पियर्सिङ्ग) ग्यालेक्सी एस२४ अल्ट्रा तुलनामा यो थप राउण्ड (गोलाकार) कसरी हुनेछ भनेर धेरै अफवाहहरूले खुलासा गरिरहेका छन्।

यसै क्रममा अब यी सबै अफवाहहरूको मुख्य स्रोतमध्ये एक आइस युनिभर्सले एक्समा अर्को रोचक विवरण साझा गरेको छ। ग्यालेक्सी एस२५ अल्ट्रामा आफ्नो पूर्ववर्तीको भन्दा राम्रो स्क्रिन–टु–बडी रेसियो हुनुका साथै यसको डिस्प्लेको आस्पेक्ट रेसियो साँघुरो हुने जनाइएको छ।

साथै उक्त यी दुई पक्षहरूलाई गोलाकार कुनाहरूसँग मिलाइकोले एस२४ अल्ट्राको तुलनामा एस२५ अल्ट्रा लाई लामो समयसम्म समाउन सहज हुने उल्लेख गरिएको छ।

एस२४ अल्ट्राको तीखो किनाराहरूले गर्दा यसलाई परबाट नै पहिचान गर्न धेरै सजिलो बनाएको उल्लेख गरिएको भए तापनि यसको उत्तराधिकारी ग्यालेक्सी एस२५ अल्ट्राको आकारले यसलाई टाढाबाट सामान्य एन्ड्रोइड स्मार्टफोन जस्तो देखाउने र तत्काल पहिचान गर्न कठिन बनाउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया